ग्लोबल आईएमई बैङ्कको १७औँ वार्षिकोत्सवको अवसरमा मधेस र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
1.1k
Shares
तस्बिर : फाइल
काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
बैङ्कले मधेस प्रदेश अन्तर्गत सिराहा जिल्ला सुखिपुर नगरपालिका वडा नं.८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं.०६ पोखरे आधारभूत बिद्मालयमा १८० भन्दा बढी महिलाहरूको स्वास्थ्य चेकजाँच गरी स्थानीय महिलाहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको हो।
नेपाल परिवार नियोजन सङ्घसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएको हो। प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो बैङ्क वाणिज्य बैङ्क हो। देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको छ।
ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ।