arrow

जितगढी किल्ला हस्तान्तरण कार्यक्रमका लागि राष्ट्रपति पौडेल बुटवल जाँदै, तनहुँ पनि पस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँका फरक–फरक कार्यक्रममा सहभागी हुने भएका छन् । बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनका लागि पौडेल बुटवल जान लागेका हुन् । 

राष्ट्रपति पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकालाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । 

राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा पुग्ने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् । 

त्यसभन्दा अगाडि राष्ट्रपति पौडेल शुक्रबार नै गृह जिल्ला तनहुँ पनि जाने भएका छन् । राष्ट्रपति पौडेलले भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ