arrow

माछापुच्छ्रे बैङ्कद्वारा अन्नपूर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
mbl-acb-financial-literacy-program.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले पर्यटकहरूको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैङ्कले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरूको बारेमा जानकारी प्रदान गरिएको थियो। सो विषयमा उपस्थित होटेल व्यवसायी तथा स्थानीयहरू बीच अन्तर्क्रिया कार्यक्रम समेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्युआर, पीओएस, एनएफसी सेवाको महत्त्व बारे अवगत गराइएको थियो। अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन्।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्कले हालै मात्र नेपाली कर्मशियल बैङ्किङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप, ईएमवी मानकमा आधारित विश्वभर सुरक्षित र भरपर्दो मानिएको टोकन प्रविधिको प्रयोग गरी मोबाइल बैङ्किङ एप्लिकेसन एम-स्मार्टमा एनएफसी सम्पर्क रहित अफलाइन "ट्याप ए‌ण्ड पे", क्युआरमा भ्वाइस अडियो सूचना प्रविधि जस्ता सेवाहरू सञ्चालनमा ल्याउँदै आइरहेको छ भने अन्य डिजिटल सेवाहरू जस्तै: मोबाइल बैङ्किङ सेवा, इन्टरनेट बैङ्किङ सेवा, अनलाइन मार्फत खाता एवं मुद्दती खाता खोल्ने लगायतका अनकन अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ