arrow

युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
S-400-missile.jpg

काठमाडौँ । पोल्यान्डका विदेशमन्त्रीले बुधवार सहयोगीसमक्ष युक्रेनको लागि लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गरेका छन् । 

कीएभका प्रक्षेपण क्षेत्र तथा नेतृत्व केन्द्रहरू लक्षित गरी रूसले गरिरहेको आक्रमणबाट बच्न मद्दत गर्न यस्तो आह्वान गरेको जनाइएको छ । 

युक्रेनी राजधानी कीएभ र उत्तरपूर्वी सहर खार्किभमा मङ्गलबार गरिएको घातक क्षेप्यास्त्र आक्रमणका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं सर्वसाधारण घाइते भएका छन् ।

बुधबार, पोल्याण्डका शीर्ष कूटनीतिज्ञ राडोस्लाव सिकोस्र्कीले सामाजिक सञ्जालमार्फत् पुटिनले बुझ्ने भाषामा जवाफ दिनुपर्ने बताएका छन् । 

आफ्ना तथा युक्रेनका सहयोगीहरूलाई युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रहरू प्रदान गर्न आग्रह गर्दै यसले प्रक्षेपण क्षेत्र तथा सैन्य केन्द्रहरू हटाउन सक्षम बनाउँने उनले विश्वास व्यक्त गरे । 

पोल्याण्ड युक्रेनको कट्टर सहयोगी हो र नयाँ प्रशासनले आफ्नो छिमेकी मुलुकका लागि राजनीतिक समर्थन दोब्बर बनाएको छ ।

सिकोस्र्कीले रूसले युक्रेनलाई निरन्तर रुपमा गरिरहेको र प्रतिक्रियामा मस्को विरुद्धका पश्चिमी प्रतिबन्धहरू कठोर हुनुपर्ने बताएका छन् । 

परिणामस्वरुप हात हतियार निर्माण तथा तस्करीलगायतका क्रियाकलापहरू फस्टाउन नपाउने उनको भनाइ छ । 

गत डिसेम्बरमा पोल्याण्डको विदेश मन्त्रीको रूपमा नियुक्त, सिकोस्र्कीले आफ्नो पहिलो विदेश भ्रमणको लागि युक्रेनलाई रोजे । 

उनले युक्रेनलाई सशस्त्र बनाउनको लागि पश्चिमले आफ्नो अर्थतन्त्रलाई चलायमान गराउनुपर्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ