arrow

प्यालेस्टिनी सरकारका लागि गाजा ‘खुला’ रहेको हमास प्रमुखको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg

काठमाडौँ । हमास प्रमुख इस्माइल हानियेहले गाजामा शासन गर्नका लागि एकल प्यालेस्टिनी प्रशासनका लागि आफू तयार रहेको मङ्गलबार बताएका छन् । गाजामा हमासको शासन छ र पश्चिम किनार उसको कब्जामा छ । 

“हामी आन्तरिक (प्यालेस्टिनी) अवस्थाका सम्बन्धमा धेरै पहल प्राप्त गरेका छौँ र हामी पश्चिम किनार र गाजाका लागि एउटा राष्ट्रिय सरकारको विचारका लागि खुला छौँ”, उनले टेलिभिजन सम्बोधनमा भने । 

सन् २००६ को प्यालेस्टिनी निर्वाचनमा विजय भएपछि हमासले गाजापट्टीलाई नियन्त्रण गरेको छ । त्यसअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फतह पार्टीसँग हिंसात्मक झडपहरू भएका थिए । गुटहरूबीच मेलमिलापका धेरै प्रयास विफल भएका छन् । पश्चिम किनारमा प्यालेस्टिनी प्राधिकरणका प्रमुखका रूपमा अब्बासको लोकप्रियता घटेको छ । 

हमास र इजरेलबीच करिब तीन महिनाको युद्धका क्रममा गाजाको भावी शासनबारे लगातार प्रश्न गरिएको छ । इजरेलले हमासलाई सखाप पार्ने वाचा गरेको छ । 

अमेरिकाले युद्धपछि प्यालेस्टिनीहरू कुनै पनि प्रशासनको हिस्सा हुनुपर्नेमा जोड दिएको छ तर अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त प्यालेस्टिनी प्राधिकरणको भविष्यको भूमिका अस्पष्ट छ । 

अल जजिराले प्रसारण गरेको हानियेहको सम्बोधनमा उनले युद्धमा दोस्रो सम्भावित विरामका बारेमा पनि चर्चा गरे । यसअघिको युद्धविरामले अक्टोबर ७ मा हमासले इजरेलबाट अपहरण गरेका दुई सय ५० बन्धकमध्ये करिब आधालाई रिहा गर्न मार्ग प्रशस्त गरेको थियो ।

धेरै विवरण नदिई हानियेहले भने, “शत्रुका बन्दीहरूलाई प्रतिरोधले निर्धारित सर्तका आधारमा मात्र रिहा गरिनेछ ।” गाजामा करिब एक सय २९ बन्धक अझै पनि बन्दी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ