arrow

खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान: राष्ट्रपति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
ramchandra-poudel-sports-ed.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान भएको बताएका छन् । 

मंगलवार काठमाडौँमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन तथा कार्य तत्परता विकास गर्ने माध्यम भएको बताएका हुन्। 

उनले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताए । उनले कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क मात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताए । उनले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताए । 

उनले परिवार, समाज र परिवेश समावेशबाट सिक्ने तथा गरिखाने पुस्तक विहीन शिक्षा पनि आजको आवश्यकता भएको बताए । विद्यार्थीहरूको खेलकुदमा संलग्नता समृद्धि, सफलता, समाज निर्माणको आधार भएको बताए ।

उनले भने, ‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन् । कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउँछ । अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन तथा कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् । पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन सक्दैन । यसका लागि परिवार, समाज र परिवेश समावेशबाट सिक्ने तथा गरिखाने पुस्तक विहीन शिक्षा पनि चाहिन्छ । मेरो विचारमा खेलकुद र यस्ता प्रतियोगितात्मक क्रियाकलाप, यसतर्फका उन्नत सिकाईका विधि हुन् । विद्यार्थीहरूको खेलकुदमा संलग्नता समृद्धि, सफलता, समाज निर्माणको आधार हो ।’

राष्ट्रपति पौडेलले खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ बनाउने बताए । उनले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाइ सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ