ब्ल्याक होलतर्फको यात्रामा लाग्यो भारतीय अन्तरिक्ष यान
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
1.2k
Shares
नयाँदिल्ली । भारतले ब्ल्याक होल अनुसन्धानका अभियानको सफलतापूर्वक प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सोमबार ब्ल्याक होलको अध्ययन गर्ने अभियान सफलतापूर्वक प्रक्षेपण गरेको हो।
‘एक्सरे पोलारिमिटर उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट ध्रुवीय उपग्रह प्रक्षेपण वाहन पिएसएलभी–सी ५८ लाइ स्थानीय समय अनुसार ९ः१० मा प्रक्षेपण गरिएको थियो,’ इसरोले एक विज्ञप्तिमार्फत भनेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसा सो मिसनले खगोलीय स्रोतहरूबाट ब्रह्मांडीय एक्सरेहरूको ध्रुवीकरण अध्ययन गर्न भारतको पहिलो समर्पित वैज्ञानिक प्रयासलाई देखाएको छ ।