arrow

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि धोती दिवस मनाउने क्रममा सीके राउत पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
ck-raut-arrest-2080-09-16.jpg

काठमाडौँँ । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत पक्राउ परेका छन् । 

धोती दिवस मनाउन माइतीघर पुगेका जनमत पार्टीका अध्यक्ष राउतसहित उनका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । 

बबरमहलबाट माइतीघरतर्फ जाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बीपी साहले बताए । ‘धोती दिवस मनाउन माइतीघर जान लाग्दा नेपाल आर्ट काउन्सिल, बबरमहलवाट अध्यक्षसहित हामीलाई प्रहरीले पक्राउ गरे महेन्द्र पुलिस क्लब ल्याएको छ,’  पुलिस क्लबमा रहेका साहले भने, ‘यहाँ ७३ जना छौँ, थप अरूलाई अर्को ट्रकमा हालेर अन्यत्र लगेको छ ।’ 

उनका अनुसार माइतीघर–बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाले पक्राउ गरिएको जानकारी उनीहरूलाई प्रहरीले दिएको छ । 

मधेसी समुदायले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ मा हरेक पटक धोती दिवस मनाउँदै आएका छन् ।

 राउतसमेतको पार्टीको समर्थनमा बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले हालै माइतीघर–बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणाा गरेको छ । 

तर त्यसको उल्लंघन गरेपछि सांसद राउतसहितलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ