arrow

युक्रेनी सैन्यस्थलमा रुसको भीषण हमला 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
putin-vlodomie-russia-ukraine-war.PNG
तस्बिर – फाइल ।

मस्को । युक्रेनले कडा कारबाही शुरू गरेपछि रुसले पनि जवाफी कारबाही शुरू गरेको छ । युक्रेनको बमबारीमा कम्तीमा २४ जनाको ज्यान लिएपछि रुसले सीमावर्ती शहर बेलगोरोड, खार्किभमा रहेको सैन्यस्थलमा भीषण हमला गरेको छ ।

रुसका अनुसार यसलाइ बदलाात्मक हमलाको रूपमा ब्याख्या गरेको छ । खार्किभमा रूसले प्रहार गरेको मिसाइल र ड्रोन हमलाबाट कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन्।

युक्रेनका क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनेहुबोभले टेलिग्राममा पोस्टमा उद्धारकर्ताहरूले खार्किभ क्षेत्रको बोरोभा गाउँमा रुसी आक्रमणबाट क्षतिग्रस्त घरबाट दुई पुरुष र एक महिलाको शव निकालेको जनाएका छन् ।

सो हमलापछि आवासीय भवनहरू, होटलहरू र चिकित्सा सुविधाहरूमा पनि क्षति पुगेको छ । युक्रेनले अगाडि भन्यो, ‘रसियाले खेर्सन, माइकोलाइभ र जापोरिझ्झिया क्षेत्रहरूसहित देशका अन्य क्षेत्रहरूमा रातभर आफ्नो आक्रमण गरेको थियो ।’

उता रुसको रक्षा मन्त्रालयको एक विज्ञप्तिमा उल्लेख गरे अनुसार सो आक्रमणहरूले  युक्रेनको निर्णय लिने केन्द्रहरू र सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी सैन्य कमाण्डर र विदेशी भाडामा रहेका सैनिकहरूू माथी हमला गरिएको छ ।

धेरै क्षेप्यास्त्रहरू खार्किभ सहरमा प्रहार भएकोमा दुई बालबालिका घाइते भएको युक्रेनी सेनाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ