arrow

बेथा उद्योगीका

परिसंघ अध्यक्ष अग्रवाल भन्छन् – कुलमानको महत्वाकांक्षा पूरा गर्न सरकार निरीह भयो 

६१ वटा उद्योगीहरुले उद्योग खोलेर देशमा अपराध गरेको जस्तो व्यवहार राज्यले गरिरहेको उल्लेख 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
nepal-parisangh-2080-09-15.jpg

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको महत्वाकाङ्क्षा पूरा गर्नका लागि सरकार प्रयोग भएको बताएका छन् । 

आइतबार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । 

उनले कुनै एउटा व्यक्तिको महत्वाकांक्षा पूरा गर्नको लागि प्रमाण बिना उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको महसुल वक्यौता रकम बुझाउन नसक्ने बताए ।

उनले  व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको महसुल वक्यौताको प्रमाण देउ पैसा तिर्छौं भनिरहँदा पनि लाइन काटिनु गलत भएको बताए । उनले नेपालमा उद्योग गर्नु अपराध हो ? भन्दै प्रश्न गरे ।  

उनले उद्योगीहरुलाई पछिल्लो समय विभिन्न संघ संस्था वा सरकारी कार्यालयहरुमा जाँदा अपराधी सरहको व्यवहार गरिन थालेको महसुस हुन थालेको बताए । 

उनले ६१ वटा उद्योगीहरुले उद्योग खोलेर देशमा अपराध गरेको जस्तो व्यवहार राज्यले गरिरहेको उल्लेख गरे । उनले  देशलाई आत्मनिभर बनाउन, रोजगारी सिर्जना गर्न राजनीतिक नेता र कर्मचारीको मात्रै अधिकार हो ? भन्दै प्रश्न गरे । 

अग्रवालले प्रमाण ल्याए विद्युतको महसुल तिर्न तयार रहेको पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ