arrow

नयाँ वर्ष अभियानः 'फोनपे गर्ने हो' को साथ २०२४ को शुरुआत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
fonepay-1023-12-28.jpg

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपेले “फोनपे गर्ने हो” नामक नयाँ अभियानको घोषणा गरेको छ ।
 
फोनपेसँग “सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ शुरु गरौँ भन्ने मूल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अप्नाउन प्रोत्साहन गरेको छ ।

फोनपे क्यूआर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्ताहरुलाई सरल र सुबिधाजनक बनाउँदै धेरै मानिसहरु माझ थप उजागर गराउनु, यस अभियानको उद्धेश्य रहेको जनाएको छ ।

पुस १३ देखि पुस १७ गतेसम्म चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे  डिरेक्ट सेवा, अभियान समय अवधिभर, पाँच पटकसम्म प्रयोग गर्नु पर्ने सर्त लागू गरिएको छ | त्यसको साथसाथै फोनपे क्यूआर वा फोनपे डिरेक्ट, दुवै सेवा ५ पटकसम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । 

यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई MI-Xiaomi 12 स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने भएको छ । यस अभियानमार्फत फोनपेले, फोनपे सेवाहरूद्वारा व्यक्तिहरूलाई डिजिटल भुक्तानी विधिहरू अपनाउन प्रेरित गर्न खोजेको छ जहाँ डिजिटल भुक्तानीहरू आजको दिनमा विकल्प मात्र नभइ दैनिक रुपमा कारोबारको आवश्यकता हुन पुगेको पनि जनाइएको छ ।

अभियानको उद्धेश्यका बारेमा  फोनपेका चिफ स्ट्राटेजी अफिसर सुवोद शर्मा भन्छन्,“फोनपे गर्ने हो अभियानले, ग्राहकहरुलाई आफ्नो दैनिक भुक्तानी वा लेनदेनमा फोनपे सेवाहरुलाई समावेश गर्न थप प्रोत्शाहित गरेको छ । सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोनपे सदैव प्रतिबद्ध छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ