arrow

बागलुङ कालिकामा राष्ट्रपतिले गरे करिब २० मिनेट पूजा आराधना

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
kalika-bhagawati-ramchandra-puja-.jpg

बागलुङ। राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । 

सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज यहाँ आएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गरेका हुन्।

मन्दिरका मूल पूजारी जयबहादुर खड्काको उपस्थितिमा राष्ट्रपति पौडेलले करिब २० मिनेट पूजा आराधना गरेका थिए । 

सो अवसरमा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले राष्ट्रपति पौडेललाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे । 

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान बागलुङ बजार पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ