arrow

राष्ट्रपति बागलुङमा : महोत्सवको उद्घाटनपछि कालिका मन्दिरमा पूर्जाअर्चना गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
ramchandra-poudel-rastrapati.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार पुगेका छन् । आज बिहान १० बजेर २ मिनेटमा राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ पुगेका हुन् । 

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका छन् । 

राष्ट्रपति पौडेल सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ पुगेका हुन् । 

सो अवसरमा बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूर्जाअर्चना गर्नेछन् । 

मन्दिरको दर्शनलगत्तै बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमणका कारण अघिल्लो पटक हुन नपाएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ