arrow

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
crimea-blast-second.jpg

काठमाडौँ । रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मङ्गलबार युक्रेनी आक्रमण भएको छ । 

युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले जानकारी दिएका छन् ।

"दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्," सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन् । 

आक्रमणबाट छवटा भवनहरू क्षतिग्रस्त भएको र त्यहाँका बासिन्दाहरूलाई अन्यत्र सारिएको जनाइएको छ ।

युक्रेनको वायुसेनाले मङ्गलबार मस्कोको कीभ विरुद्धको युद्धमा ड्रोन बोकेको आशंकामा फिओडोसिया नजिकै रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ।

अक्स्योनोभले जनाए अनुसार "बन्दरगाह क्षेत्र घेराबन्दी गरिएको छ ।"

युक्रेनले बारम्बार क्रिमियामा विशेषगरी रुसी सेनालाई लक्षित गरी हमला गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ