arrow

नाभाल्नी बेपत्ता पुटिनको विपक्षी शक्तिहरूका लागि ‘नकारात्मक सन्देश’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
alexei-navalny-russia.jpg

काठमाडौँ । राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ मा हुने चुनावमा पुन:उम्मेदवारी दिने घोषणा गरेको बताउँदै रूसका पूर्व उप–ऊर्जामन्त्री भ्लादिमिर मिलोभले रूसी विपक्षी नेता एलेक्सी नाभाल्नी बेपत्ता हुनु ‘कुनै संयोग’ मात्र नभएको बताएका छन् । 

२० दिनदेखि हराइरहेका रूसी विपक्षी नेता नाभाल्नी शुक्रबार भिडियो लिङ्कमार्फत अदालतमा भएको दुई सुनुवाइमा अनुपस्थित रहेको उनको टोलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाभाल्नीलाई मस्कोको पूर्वमा रहेको एक दण्डात्मक उपनिवेशमा राखिएको थियो र उनलाई ‘अतिवादी समुदाय सिर्जना गरेको, चरमपन्थी गतिविधिलाई वित्तपोषण गरेको’ र अन्य थुप्रै अपराधमा दोषी ठहर भएपछि अगस्टमा १९ वर्षको जेल सजाय सुनाइएको थियो ।

मिलोभले भने, “मलाई लाग्छ यो सुनियोजित रणनीति हो । यो कुनै संयोग होइन । नाभाल्नी ठीक त्यही क्षण गायब भएका थिए जतिबेला तथाकथित राष्ट्रपति चुनावको घोषणा गरिएको थियो र पुटिनले फेरि चुनाव लड्ने घोषणा गरे।” 

“वास्तवमा पुटिनले अर्को कार्यकालका लागि धम्की, दमन, समाजमाथि दबाब दिएर क्रेमलिन प्रवेश गर्न लागेका छन् र यो स्पष्ट रूपमा सबै विपक्षी शक्तिहरूको लागि ‘नकारात्मक सन्देश’ हो,” मिलोभले भने । 

नाभाल्नीको टोलीले टेलिग्रामपोस्टमा भनेको छ , “नाभाल्नी १७ दिनदेखि हराइरहनुभएको छ । “आइतबार एलेक्सीले दुई सुनुवाई गर्नुपर्ने थियो । उनलाई फेरि अदालतमा ल्याइएन । नाभाल्नी आफ्ना साथीहरूसँग यति लामो समयसम्म सम्पर्कमा नआएको पहिलो घटना हो ।” 

नाभाल्नीको अनुपस्थितिको लामो अवधिले उनको स्वास्थ्य र सुरक्षाको बारेमा पनि चिन्ता उत्पन्न गरेको छ । 

सीएनएनका अनुसार नाभाल्नी केही दिनदेखि हराइरहेकाले उनका सहयोगीहरूले उनको वर्तमान स्थान वा स्थितिको बारेमा पूर्ण र भरपर्दो विवरणको लागि क्रिप्टोकरेन्सी इनामको प्रस्ताव गर्दै जानकारीको लागि पुन:सूचना जारी गरेका छन् । 

नभाल्नीको अनुपस्थितिबारे गत हप्ता पटक–पटक सोधिएको प्रश्नमा क्रेमलिनले भनेको छ, “राज्यले न त कैदीहरूको भाग्य र सम्बन्धित संस्थामा उनीहरूको बसाइको प्रक्रियाको निगरानी गर्ने उद्देश्य नराख्ने बताएको छ । 

सीएनएनका अनुसार नाभाल्नीले दुई दशकभन्दा लामो शासनकालमा पुटिनको वैधानिकताका लागि सबैभन्दा गम्भीर चुनौती खडा गरेका थिए । 

सन् २०२० मा सोभियत कालको नोभिचोक नामक विष (नर्भ एजेन्ट) खुवाएपछि उनलाई रूसबाट जर्मनी लगिएको थियो । 

नाभाल्नीलाई साइबेरियाको ओम्स्क शहरबाट गम्भीर अवस्थामा हेलिकप्टरमार्फत उद्धार गरी बर्लिनको अस्पतालमा लगिएको थियो ।

सीएनएनका अनुसार नाभाल्नी सन् २०२१ को जनवरीमा रुस फर्केपछि उनलाई सन् २०१३ मा उनविरुद्ध ल्याइएको जालसाजीसम्बन्धी मुद्दासँग सम्बन्धित प्रोबेशनका शर्तहरू उल्लङ्घन गरेको अभियोगमा तत्काल जेलमा राखिएको थियो । 

उनले युक्रेन रूसको युद्धको विरुद्धमा जेलबाटै अभियान चलाएको र युद्धको सार्वजनिक विरोध जुटाउने प्रयास समेत गरेको रूसी सञ्चारमाध्यमले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ