arrow

हत्यारा बचाउन खोजेको भन्दै सरकारी वकिलको कार्यालयविरुद्ध नाराजुलुस

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० पुष ८ आइतबार
rahul-killed-rally.jpg

रौतहट । रौतहटको सदरमुकाम गौरमा आज सरकारी वकिल कार्यालयको विरुद्धमा नाराबाजी भएको छ । दोषीलाई उन्मुक्ति दिएको भन्दै मृतकका आफन्तले प्रदर्शन  गरेका हुन् । 

सदरमुकाम गौरमा सरकारी वकिल मुर्दावाद,दोषीलाई कारवाही गर भन्दै मृतकका आफन्तहरुले प्रदर्शन गरेका हुन् । जिल्लाको राजदेवी नगरपालिकाको मुडवलवामा कात्तिक २४ गते शुक्रबार सोही पालिकाको ७ नम्बरस्थित श्री नेमधारी बासुदेव माध्यमिक विद्यालयमा अध्ययनरत छात्रमाथि छुरा प्रहार भएको थियो । 

सोही पालिकाको ६ नम्बर वडाका नागेन्द्र प्रसादका १८ वर्षीय छोरा राहुल साह  छुरा प्रहारबाट घाइते भए । उनलाई ४ जना मिलेर पटक पटक छातीमा छुरा प्रहार गरेका थिए । राजदेवी नगरपालिका ६ का राहुल गुप्ताले अन्य तीन जनाको सहयोगमा छुरा प्रहार गरेका थिए । 

सोही पालिकाका मुकेशकुमार गुप्ता, मनिषकुमार गुप्ता र विनोद साहले राहुल साहलाई पकडेर राहुल गुप्ताले छुरा प्रहार गरेका थिए । 

छुरा प्रहारबाट गम्भीर घाइते भएका राहुललाई शिक्षकहरुको सहयोगमा प्रादेशिक अस्पताल गौरमा भर्ना गरिए पनि त्यहाँ उपचार सम्भव नभएपछि एलएस न्यूरो अस्पताल परवानीपुर, बारामा उपचारका क्रममा कात्तिक २७ गते सोमबार बिहान ५ बजेर ४५ मिनेटमा मृत्यु भयो ।

मृतक राहुलका बाबुले छोराको मृत्युपछि घाउ जाँचको निवेदन एवम ज्यान मार्ने उद्योगमा राहुल गुप्ताविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको भए पनि छोराको उपचारका क्रममा आफूलाई ४ जना मिलेर छुरा प्रहार गरेको भनेपछि पुनः ४ जना विरुद्ध जाहेरी दिएकोमा राहुल गुप्ता र मनिष झाविरुद्ध मात्र जाहेरी दर्ता गरेको र मुकेशकुमार गुप्ता र विनोद साहलाई प्रहरी र सरकरी वकिल कार्यालयले रकम चलखेल गरेर उन्मुक्ति दिएको मृतकका बुबा नागेन्द्र प्रसाद र परिवारका अन्य सदस्यहरुको आरोप छ । 

मनिष झाविरुद्ध जाहेरी दर्ता भए पनि हालसम्म पक्राउ नगरेको भन्दै प्रहरी र सरकारी वकिल कार्यालयसँग आक्रोशित छ्न्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ