arrow

पुसमाघको जाडोमा न्यानो कपडा पाएपछि बालबालिका फुरुङ्ग

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० पुष ६ शुक्रबार
school-nyano-kapada.jpg

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका वडा न ८ सिड्डिमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका साना साना बालबालिका खुसीले फुरुङ्ग हुँदै विद्यालयको चौर वरपर घुमिरहेका थिए । 

अनुहारमा खुसी शरीरमा फुर्ती कोही झोला हल्लाइ रहेका त कोही नङ टोक्दै हाँसिरहेका त कोही एक अर्काको कपडा हातले सुम्सुमाइरहेका ।

विजय माध्यमिक विद्यालय कालैमा अध्ययनरत विधाथिहरुले यो जाडो सिजनमा न्यानो कपडा र स्कुलको ड्रेस पाएपछि देखिएको दृश्य थियो यो । 

सोरु गाउँपालिकाका भित्र ७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई व्याक टु लाइफ को आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र (केसिडिसी- मुगु) नामक गैर सरकारी संस्थाको सहजिकरणमा न्यानो कपडा र विद्यालय ड्रेस उपलब्ध गरिएपछि विद्यार्थीहरू खुसी देखिएका हुन ।

विद्यार्थी मात्र होइन आफ्ना छोरा छोरीले यो चिसो सिजनको बेला न्यानो कपडा र ड्रेस पाएपछि अविभावकहरु पनि खुसी भएका छन् । केसिडिसि मुगु स्वास्थ्य, शिक्षा तथा सामुदायिक परियोजनाका परियोजना प्रबन्धक कृष्ण बोहराका अनुसार सोरु गाउँपालिकाका ७ र छायानाथ रारा नगरपालिकाकाको १ विद्यालयमा अध्ययनरत १ हजार ८५ विद्यार्थीलाई न्यानो कपडामा ट्र्याक सुट, ज्याकेट, टोपी र ड्रेसमा सट , पाइन्ट , मेण्डि, जुत्ता र मोजा दिइएको छ ।

चिसो मौसममा न्यानो कपडाको अभावले र स्कुल ड्रेस नहुँदा बालबालिकाको मनोवैज्ञानिक असर परेर अध्यापनमा असर नपरोस् र कपडा कै कारण विद्यालय शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर न्यानो कपडा र ड्रेस वितरण गरिएको केसिडिसी मुगुका अध्यक्ष सङ्गीता मल्ल शाहीले जानकारी गराइन् ।

अध्यक्ष शाहीका अनुसार व्याक टु लाइफको आर्थिक सहयोगमा सोरु गाउँपालिका विजय मावि कालै ४९१, मष्टा आधारभूत विद्यालय तलिकालै ८९, शिवदेव आवि खनाया १२८, श्री नेराआवि सिड्डि ५८, बालज्योती आवि गिलाहा ५६, जनज्योति आवि रुम १३२, महादेव आवि आसिधारा २१ जना गरि जम्मा ९७५ जना छात्र छात्रा विद्यार्थीलाई ड्रेस र न्यानो कपडा वितरण गरिएको छ भने छायानाथ रारा नगरपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ११० जना विद्यार्थीलाई न्यानो कपडा छिट्टै दिइने छ ।

कपडा मात्र होइन यी विद्यालयका विद्यार्थी बालबालिकालाई पटक पटक कापी, कलम, पेन्सिल र झोला पनि दिइँदै आएको जनाइएको छ । न्यानो कपडा, ड्रेस र स्टेशनरी पाउने थालेपछि विद्यार्थी नियमित हुने, पढाइमा ध्यान दिने गर्न थालेको विजय मावि कालैका प्रधानाध्यापक वीर बहादुर बमले बताए । 

ग्रामीण भेगका बासिन्दाको आर्थिक अवस्था नाजुक छ । सामान्य कपडा, कापी कलम सम्म किन्न सक्ने क्षमता छैन, आफ्ना छोरा छोरीलाई कपडा, कापी कलम किन्न नसकेर स्कुल नपठाउने र बिचैमा छोड्न लगाउने गर्थे कपडा स्टेसनरी सहयोगले कमजोर अभिभावकको पिडामा मलम लागेको छ प्रअ बमले सहयोगी दातृ निकाय र संस्थालाई धन्यवाद दिँदै सुनाए ।

दसैँ बिदा पछि स्कुल खुल्यो स्कुल आउँदा जाडो शुरु भैसकेको थियो । म सङ्ग बाक्लो लुगा थिएन । पातला ड्रेस र घरका कपडा थिए बाबा आमालाई ज्याकेट, सुइटर किनिदिन भने तर बाबाले पैसा छैन पैसा भएको बेला गमगढी बजार गएर किनेर ल्याउला भन्नू हुन्थ्यो बाबासङै पैसा भएनछ १ महिना बित्दा पनि किन्नु भएन अब बाबालाई सजिलो भयो संस्थाले ज्याकेट, ट्र्याक सुट, टोपी दियो । 

स्कुलमा कोठा भित्र दिन भर बस्दा चिसोले आङै काम्थ्यो कति खेर सर जालान् र घाम ताप्न बाहिर जाउला हुन्थ्यो अब तातो हुने भयो बाक्ला लुगा पाइहाल्यौ विजय मावि कालैमा कक्षा १० मा अध्ययनरत जेटकला कामिले भनिन् ।

नेपाल राष्ट्रिय आवि सिड्डिमा बाल कक्षामा पढ्ने ४ वर्षीया सुनपुरा रोकाया आफुले लगाएको ज्याकेट समाएर हल्लाउँदै तातो छ भन्दै खुसी व्यक्त गर्छिन् । व्याक टु लाइफ ले स्थानीय गैरसरकारी संस्थाको सहकार्यमा विगत लामो समय देखि मुगुमा स्वास्थ्य, शिक्षा, पुनर्निर्माण, राहत, उपचार, क्षेत्रमा काम गर्दै आएको छ यसबाट गरिब, निमुखा, पीडित र महिला प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ