arrow

पर्यटनमन्त्री सुदन किराँतीको स्पष्टीकरण

क्रिश्चियनको पक्षमा अभिव्यक्ति दिएका मन्त्री किराँतीले भने- अस्वीकार गर्ने देशद्रोही नै हुन् [भिडियो]

आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्नुपर्ने अवस्था छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
sudan-kirati-new.jpg

काठमाडौँ । ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने मन्त्री सुदन किराँतीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । 

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री किराँतीले बुधवार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण अहिले आलोचना भइरहेको छ । 

बिहीबारको समितिको बैठकमा सांसदहरूले पनि मन्त्री किराँतीसँग जिज्ञासा राखेपछि उनले यस्तो बताएका हुन् । धर्मनिरपेक्षता राष्ट्रमा सबै फूलहरू, धर्मसंस्कृतिकहरु एकै फूलबारीमा फुलेको फूल भएको र फूलबारीका कुनै पनि फूल अस्वीकार गर्नेहरू संविधान विरोधी भएको टिप्पणी गरे । 

उनले सबै धर्मको सम्मान गर्नुपर्ने भन्दै एक धर्मले अर्को धर्मलाई नस्विकार्नेहरू संविधान विरोधी भएको र संविधान नमान्नेहरू देशद्रोही भएको बताए । उनले आफूले सो कार्यक्रममा सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोसिस कसैले गर्नु नहुने बताएको जानकारी गराए । उनले लोकतन्त्रमा सडकमा लट्ठी घुमाउन पाइने तर अर्काको नाकमा हिर्काउन नपाइने बताए । संविधानलाई मानेर निर्वाचन जितेर आएका सांसदहरूले संविधानसम्मत प्रश्न गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘माफी माग्ने, राजीनामाको कुरा पनि छ यतिबेला मेरो । हिजो म एउटा कार्यक्रममा गएको थिएँ । त्यो कार्यक्रममा मैले बोलेको कुरा के हो भने संविधानको भावनाअनुसार हामी चल्नुपर्छ । हाम्रो सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोसिस कसैले गर्नु हुँदैन, धर्मनिरपेक्ष राष्ट्रमा सबै फूलहरू, धर्मसंस्कृतिकहरु, फूलबारीमा फुलेको फूल जस्तै हुन् । जसले यो फूल अस्वीकार गर्छ, त्यो शब्दमै भन्दा देशद्रोही भनेको छु । संविधान नमान्ने देशद्रोही त हो । राजतन्त्र हुँदा गणतन्त्रको ग हामीले भन्दा मृत्युदण्ड हुन्थ्यो । निरङ्कुशतामा लोकतन्त्रको ल भन्दा मृत्युदण्ड हुन्थ्यो, भएकै हो । तर लोकतन्त्रमा त्यो हुँदैन, भन्न पाइन्छ । लोकतन्त्रमा सडकमा लट्ठी चाही घुमाउन पाइन्छ, अर्काको नाकमा हिर्काउन पाइँदैन । कसले सडकमा, चिया पसलमा के भन्यो भन्दा पनि यही संविधानमा आधारित, यही संविधानलाई नै मानेर, निर्वाचन नै लडेर जितेर आएको साथीहरूले संविधानलाई नै केन्द्रमा राख्नुपर्छ, यो प्रश्न पनि गैर जिम्मेवारी प्रश्न हो । संविधानसम्मत प्रश्न हो । यो नैतिकताको मात्रै प्रश्न होइन, सिद्धान्तको पनि प्रश्न हो । यस्तो प्रश्न यही संविधान स्वीकारेर आएका मानिसहरूले, चुनाव जितेर आएका मानिसहरूले गर्नु शोभनिय हुँदैन । कि त संविधान मान्दिन भन्नुपर्छ । मानेपछि संविधानको लयमा बस्नुपर्छ ।’

पर्यटनमन्त्री क्रिश्चियन धर्मको प्रचारकका रूपमा खडा भएका छन् । काठमाडौँमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर प्रमुख प्रचारका रूपमा प्रस्तुत भएका थिए । आज किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति सङ्गठनहरूले आन्दोलन गरेका छन् । सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको देशभर विरोध भइरहेको छ ।

उनले दिएको अभिव्यक्तिलाई लिएर अहिले सर्वत्र विरोध भएको छ । सामाजिक सञ्जालदेखि राजनीतिक दलका नेताहरूले समेत उनको अभिव्यक्तिविरुद्ध आक्रोश पोखेका छन् । 

‘क्रिश्चियन धर्म प्रधानमन्त्रीलाई मन पर्छ, मलाई पनि मन पर्छ, नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । देशद्रोहीलाई हतकडी लगाएर जेल हाल्ने हो’, किराँतीले भनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ