arrow

‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने मन्त्री किराँतीको अभिब्यक्तिको विरोधमा प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
sudan-kirati(1).jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको  विवादास्पद अभिव्यक्तिलाई लिएर काठमाडौँमा विरोध प्रदर्शन गरिने भएको छ । 
 
‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने मन्त्री किराँतीले दिएको अभिब्यक्तिको विरोध गर्दै काठमाडौँमा विरोध प्रदर्शन गर्न लागिएको हो । 

विरोध सभाका एक आयोजक तथा संगत संस्कृतिका संयोजक पुष्पराज पुरुषका अनुसार सो विरोध सभा आज पशुपति विकास कोषको कार्यालय, गौशाला अगाडी आयोजना हुनेछ । 

उनका अनुसार आज दिउँसो २ बजेदेखि सो विरोध सभा शुरू हुनेछ ।

सो विरोध सभाका लागि नारा पनि तय गरिएको उनले जानकारी दिएका छन् । जसअनुसार सो विरोध सभामा ‘सुदन किराँती–राजिनामा दे’, ‘पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्ति बन्द गर– बन्द गर, बन्द गर’, ‘धर्म निरपेक्ष मुर्दावाद– मुर्दावाद मुर्दावाद, ‘सनातन हिन्दु राष्ट्र कायम गर– कायम गर ,कायम गर,’ जस्ता नाराहरू तय गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ