arrow

इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुग्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
israel-gaza-2080-07-19.jpg

काठमाडौँ । गाजा पट्टीमा इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् ।

 यसैबीच वेस्ट बैंकमा इजरेली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ । 

गाजामा गत २४ घण्टामा इजरेलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् । 

अक्टोबर ७ देखि इजरेलले दक्षिणी इजरेलमा हमासको आक्रमण पछि गाजा पट्टीमा हमास बिरुद्ध युद्ध शुरु गरेको थिया । जसमा इजरेली अधिकारीहरूकाअनुसार लगभग १ हजार २ सय इजरेलीहरूको ज्यान गएको छ ।

 मृत्यु हुनेमा ८ हजार भन्दा बढी बालबालिका र ६ हजार २ सय बढी महिलाहरू छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ