arrow

एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३ शुक्रबार, विजेतालाई तीन लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
ncell--telecom-company-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौंँ । एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सम्मान गर्दैछ ।

कम्पनीका अनुसार यो वर्ष यस विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका छन् । यी मनोनयनहरुबाट सूचना प्रविधिको क्षेत्रमा पुर्याएको योगदानका आधारमा तीन चरणको मूल्याङ्कन पश्चात् अवार्डका लागि ७ जना महिलाहरु छनोटमा परेका छन् । 

यही शुक्रबार द सोल्टी काठमाडौँमा आयोजना हुने इनड्राइभ आईसीटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गरिने छ ।

प्रत्येक वर्ष, आईसीटी फाउन्डेसन नेपाल र लिभिङ विथ आईसीटी ले संयुक्त रुपमा आईसीटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरु, नवप्रवर्तन र संघ संस्थाहरूलाई आईसीटी अवार्ड प्रदान गर्दै आएको छ । 

‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गर्नका लागि एनसेलले आईसीटी अवार्डसँग सहकार्य गर्दै आएको छ ।

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ । यो पुरस्कारको राशी नगद ३ लाख रुपैयाँ रहेको छ ।

हरेक वर्ष प्रदान गरिने आईसीटी अवार्डमा आफ्नो सहकार्यलाई निरन्तरता दिँदै, एनसेलले विगत ३ वर्षदेखि महिलाहरूको योगदानलाई सम्मान र प्रोत्साहन गर्दै यो एनसेल वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्दै आएको छ । 

गत वर्ष यो अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको थियो । 

सन् २०२१ मा गुण केशरी प्रधानले यो अवार्ड पाएकी थिइन् ।

त्यसैगरी सन् २०२० मा प्राध्यापक तिमिला यमी थापाले यो अवार्ड पाएकी थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ