arrow

कुमारी बैंकलाई एक्सिलेन्स इन कन्जुमर कार्डस् क्रेडिट अवार्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
kumari-bank-excellence-credit-card-2023-awarded.jpg

काठमाडौँ । कुमारी बैंक लिमिटेडले एक्सिलेन्स इन कन्जुमर कार्डस् क्रेडिट अवार्ड हासिल गरेको छ । भिजा इन्टरनेसनलले मंगलबार आयोजना गरेको लिडरशिप कन्क्लेभ नेपाल २०२३ मा कुमारी बैठक उक्त अवार्डबाट सम्मानित भएको हो । 

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ४९ विस्तारित काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ