arrow

कुमारी बैंकले चाडपर्व अफर प्रदान गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
kumari-bank-festival-offer.jpg

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिसमस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरी नागरिक बचत खातामा आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा आकर्षक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । 

पुस ८ देखि २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्यूनतम रकम रु एक हजार हुनुपर्नेछ । उक्त सुविधाहरु नागरिक बचत खातामामात्र लागू हुने बैंकले जनाएको छ । 

डिजिटल बैंकिङ सेवाहरुलाई प्रोत्सहान गर्नुका साथै बैंकिङ सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्याउन बैंक सदैव तत्पर रहेको पनि बैंकले जनाएको छ ।

आफ्ना देशब्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ