arrow

यू–१९ एसिया कप क्रिकेटको उपाधि बंगलादेशलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
u19-asiacup-bangladesh-2023.jpg

काठमाडौँ । यूएईमा सम्पन्न एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । 

आइतबार भएको फाइनलमा बंगलादेशले आयोजक यूएईलाई हराएको हो । दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा बंगलादेश १९५ रनको फराकिलो अन्तरले विजयी भयो । 

खेलमा यूएईले टस जितेर पहिले बलिङ गरेसँगै ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २८२ रन बनायो । ओपनर आशिकर रहमान शिब्लीले १२९, चौधुर मोहम्मद रिजवानले ६० तथा अरिफुल अस्लमले ५० रन बनाए । 

आइमन अहमदले ४ विकेट लिए । जवाफमा यूएइएले २४.५ ओभरमै सबै विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो । 

ध्रुव पराशरले अविजित २५ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा मारुफ मृधा र रोहनत डुल्लाह बोर्सोनले समान ३–३ विकेट लिए । 

शुक्रबार भएका सेमिफाइनलमा यूएईले पाकिस्तानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । 

यूएईले पाकिस्तानलाई ११ रनले पराजित गरेको थियो भने बंगलादेशले भारतलाई ४ विकेटले पराजित गरेको थियो । 

दुवै टिम अप्रत्याशित रुपले फाइनलमा पुगेका थिए । ८ देशले भाग लिएको प्रतियोगिताको समूह एमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका थिए । 

अर्काे समूह बंगलादेश, श्रीलंका, यूएई र जापान रहेका थिए । नेपालको समूहबाट भारत र पाकिस्तान तथा दोस्रो समूहबाट बंगलादेश र यूएई सेमिफाइनलमा पुगेका थिए । 

नेपालले समूह चरणका सबै तीन खेल हारेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ