arrow

यू–१९ एसिया कप क्रिकेट फाइनलः बंगलादेश र यूएई मैदानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
u19-asia-cup,-bang-uae.jpg

काठमाडौँ । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधिका लागि अहिले आयोजक र बंगलादेश भिडिरहेका छन् । 

दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी खेलमा यूएईले टस जितेर पहिले बलिङ गरिरहेको छ । 

शुक्रबार भएका सेमिफाइनलमा यूएईले पाकिस्तानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

 यूएईले पाकिस्तानलाई ११ रनले पराजित गरेको थियो भने बंगलादेशले भारतलाई ४ विकेटले पराजित गरेको थियो । 

दुवै टिम अप्रत्याशित रुपले फाइनलमा पुगेका हुन् । ८ देशले भाग लिएको प्रतियोगिताको समूह एमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका थिए । 

अर्को समूह बंगलादेश, श्रीलंका, यूएई र जापान रहेका थिए । नेपालको समूहबाट भारत र पाकिस्तान तथा दोस्रो समूहबाट बंगलादेश र यूएई सेमिफाइनलमा पुगेका थिए । 

नेपालले समूह चरणका सबै तीन खेल हारेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ