arrow

कुमारी बैङ्कद्वारा ऋणीको कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत कायम

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
kumari-bank-limited-logo.jpg
तस्बिर : फाइल

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले आफ्ना ऋणी ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ। आउँदो जनवरी १, २०२४ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहने गरी लागू गर्ने बैङ्कले जनाएको छ।

यो नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक यस बैङ्कबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरू उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ।

कुमारी बैङ्कले आफ्ना ग्राहकहरूको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको हो। कुमारी बैङ्कले आफ्ना ग्राहकहरूका गतिशील आवश्यकताहरू र निरन्तर परिवर्तन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकूल विभिन्न योजनाहरू प्रवर्धन गर्ने गरेको छ। बैङ्किङ सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्‍याउन बैङ्क सदैव तत्पर रहेको विज्ञप्तिमा भनिएको छ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३२० एटिएम, ६५ शाखारहित बैङ्किङ इकाई तथा ४९ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैङ्कले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ