arrow

शेयर विवादबारे एनसेल कर्मचारी ट्रेड युनियनको गम्भीर ध्यानाकर्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
ncell--telecom-company-logo.jpg

काठमाडौँ । विगत एक हप्तादेखि एनसेलको ८० प्रतिशत स्वामित्व बहन गर्ने रेनोल्डस् होल्डिङ्को शेयर खरिद बिक्री र यसको सम्झौताका सम्बन्धमा शेयर क्रेता र बिक्रेता कम्पनीको निर्णय भएसँगै उक्त प्रक्रिया सम्बन्धी विभिन्न तह र तप्काबाट चौतर्फी रुपमा एनसेल लक्षित अत्यन्तै गैरजिम्मेवार र भ्रामक प्रचार प्रसार भइरहेको भन्दै एनसेल आजियाटा लिमिटेडमा रहेको यस स्वतन्त्र एनसेल कर्मचारी ट्रेड युनियनले  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्ता गतिविधिले १८ वर्षदेखि अनवरत रुपमा नेपाल र आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवा प्रवाह गर्दै आएको यस कम्पनीको प्रतिष्ठामा ठूलो आँच पुर्याउनुका साथै कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोबल गिराएको उल्लेख गरेको छ । 

जनमानसलाई भ्रममा पार्ने गरी भइरहेका गतिविधि र समाचार प्रचारप्रसारले देशमा लगानीको वातावरणलाई खलल पुर्याउने र निजी क्षेत्रलाई हतोत्साही पार्ने काम भएको आफूहरुको ठम्याइ रहेको युनियनले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ