arrow

यू–१९ एसिया कप क्रिकेट 

नेपाल र भारत मैदानमा, नेपाल पहिले ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
u19-cricket-nepal-india.jpg

काठमाडौँ । यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले भारतसँग खेलिरहेको छ । 

नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । यद्यपि यसअघिका दुवै खेल हारेको नेपाल सेमिफाइनल होडबाट भने बाहिरिएको छ । 

पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा आइतबार अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । 

नेपालले आज सान्त्वना जितका लागि खेल्दैछ ।  

अफगानिस्तानसँगको खेल
नेपालले २६२ रनको चुनौती पछ्याउने क्रममा ४०.१ ओभरमा अलआउट हुँदै १८८ रनमा समेटियो । नेपालका लागि ओपनर अर्जुन कुमालको मात्र ब्याटिङ चलेको थियो । 
उनले १०८ बलमा ९१ रन बनाए पनि अन्य कोही ब्याटरले साझेदारी नगरेपछि नेपाल सहजै पराजित भयो । कप्तान देव खनालले २४ रन बनाएका थिए । 

चार खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । अफगानिस्ताका फरिदून दाउदजाई र नसिर खान मारुफखिलले ३–३ विकेट लिए । 

यसअघि खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै अफगानिस्तानलाई ४९.३ ओभरमा २६१ रनमा रनमा रोकेको थियो । 

अफगानिस्तानका जम्शेद जर्दानले रिटायर्ड आउट हुनुपूर्व १५३ बलमा १०६ रन जोडे । त्यस्तै मुनमान शाहले ४१ बलमा ६० रन बनाए । 

नेपालका लागि गुल्सन झा, सुवाश भण्डारी र हेमन्त धामीले २–२ तथा आकाश चन्द र दिपेश कडेलले १–१ विकेट लिए । 

पाकिस्तानसँगको खेल
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटको हार बेहोर्यो । 
नेपालले १५३ रनको सामान्य चुनौती दिएकामा पाकिस्तानले २६.२ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । 

ग्रुप अफ डेथमा रहेको समूह ए मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान रहेका छन् । 

८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । 

यो टिम भोलिको सिनियर टिम पनि भएको हुनाले यू–१९ टिमलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ