arrow

यू–१९ एसिया कप क्रिकेट

नेपाल अफगानिस्तानले दिएको २६२ रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
u19-asia-cup-nep-afg-2023-1.jpg

काठमाडौँ । यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अहिले अफगानिस्तानसँग खेलिरहेको छ । 

दुबईमा जारी खेलमा नेपालले २६२ रनको चुनौती पछ्याउँदैछ । खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै अफगानिस्तानलाई ४९.३ ओभरमा २६१ रनमा रनमा रोकेको थियो । 

अफगानिस्तानका जम्शेद जर्दानले रिटायर्ड आउट हुनुपूर्व १५३ बलमा १०६ रन जोडे । त्यस्तै मुनमान शाहले ४१ बलमा ६० रन बनाए । 

नेपालका लागि गुल्सन झा, सुवाश भण्डारी र हेमन्त धामीले २–२ तथा आकाश चन्द र दिपेश कडेलले १–१ विकेट लिए । 

यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटको हार बेहोर्यो । 
नेपालले १५३ रनको सामान्य चुनौती दिएकामा पाकिस्तानले २६.२ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । 

दुबईमा भएको खेलमा पाकिस्तानका लागि अजान अवाइसले ६२ बलमा अविजित रहँदै ५६ तथा कप्तान साद बेइगले ५६ बलमा ५० रन बनाए । नेपालका लागि गुल्सन झाले २ तथा आकाश त्रिपाठीले १ विकेट लिए । 
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन बनायो । 

४६ रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालका लागि उत्तम मगर र दिपेश कडेलले सम्हाले । छैटौँ विकेटका लागि दुवैले संयमित भएर ६८ रनको साझेदारी गर्ने क्रममा उत्तमले ७६ बलमा ५१ रन बनाए । 

त्यस्तै दिपेशले ५९ बलमा ३१ रन बनाए । ओपनर अर्जुन कुमालले ३७ बलमा २१ रन बनाए बाहेक अन्य खेलाडीले दोहोरो स्कोरसमेत खडा गर्न सकेनन् । 

यू–१९ टिमका लागि पाका मानिएका सिनियर टिमका अलराउन्डर गुल्सन झाले ४ बलमा मात्र १ रन बनाए । कप्तान देव खनालले १३ बल खेले पनि रनको खाता खोल्न सकेनन् । 

सुवाश भण्डारीले अविजित रहँदै ८, तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६ तथा आकाश चन्दले ५ रनमात्र बनाए । 

मोहम्मद जीशनले ६ विकेट लिए । 

समूह ए मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान रहेका छन् । 

आजको अर्को खेलमा भारत र पाकिस्तान भिडिरहेका छन् । भारतले पहिले ब्याटिङ गरेको छ । पहिलो खेलमा भारतले अफगानिस्तानलाई हराएको थियो । यो खेल जित्ने टिम एक खेलअघि नै सेमिफाइनलमा पुग्नेछ । 

 ग्रुप अफ डेथमा रहेको नेपालले मंगलबार भारतसँग खेल्नेछ ।

८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । 

यो टिम भोलिको सिनियर टिम पनि भएको हुनाले यू–१९ टिमलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ