arrow

पूर्वराष्ट्रपति पुगिन् नारायणकाजीलाई भेट्न 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
vidya-narayankaji-2080-08-2.jpg

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पताल पुगेर भेटेकी छिन् ।

शनिबार गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी पुगेर पूर्वराष्ट्रपति भण्डारीले मन्त्री श्रेष्ठलाई भेटेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा पूर्वराष्ट्रपतिले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उनलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएकी थिइन् ।

हाल उनको गंगालालको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ