arrow

आहा रारा पोखरा गोल्डकप माघको दोस्रो सातादेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
Aaha Rara.jpg

पोखरा । २३ औँ आहा रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता माघको दोस्रो साता हुने भएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका प्रतियोगिता आयोजना गरिएको हो ।

क्लवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै माघको दोश्रो सातामा प्रतियोगिता हुने जानकारी दिएको छ ।

प्रतियोगिताको तयारी सुरु गरिएको क्लवले जनाएको छ ।

क्लवका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजनका क्लव, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकको टिम सहभागी हुनेछ ।

यस पटक पनि प्रतियोगितालाई हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेको क्लवले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ