arrow

पाकिस्तानविरुद्ध उत्तम र दिपेशले जोगाउँदै नेपालको इज्जत

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
u19-asia-cup-nepal-pakistan.jpg

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट आजदेखि यूएईको दुबईमा शुरु भएको छ । पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेलिरहेको छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै कमजोर प्रदर्शन गरेको छ । 

४६ रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालका लागि उत्तम मगर र दिपेश कडेलले सम्हालेका छन् । छैटौँ विकेटका लागि दुवैले संयमित भएर साझेदारी गरेका छन् ।

छैटौँ विकेटका लागि ६८ रनको साझेदारी गर्ने क्रममा दिपेश ५९ बलमा ३१ रन बनाएर आउट भए । यो साझेदारीले नै नेपालको योगफल देख्न लायक बनेको छ ।

यसअघि यू–१९ टिमका लागि पाका मानिएका सिनियर टिमका अलराउन्डर गुल्सन झाले ४ बलमा मात्र १ रन बनाए ।

त्यस्तै कप्तान देव खनालले १३ बल खेले पनि रनको खाता खोल्न सकेनन् । ओपनर अर्जुन कुमालले भने संयमित खेल्दै २१ रन जोडेका थिए । 

तिलक भण्डारीले ७ तथा आकाश त्रिपाठीले ६ रनमात्र बनाए । 

समूह ए अन्तर्गतको खेलमा नेपाल र पाकिस्तान खेलिरहेका हुन् । यो समूहको अर्को खेलमा भारत र अफगानिस्तान खेलिरहेका छन् । 

खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गरेको छ । यू–१९ एसिया कपमा नेपाल रहेको समूह ए मा भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । 

गुल्सन एकै वर्ष यू–१९ र सिनियर टिममा खेल्ने पहिलो खेलाडीसमेत बनेका छन् । यसैसाल सिनियर टिमको एसिया कपमा पाकिस्तानविरुद्ध गुल्सनले खेलेका थिए । 

नेपालले दोस्रो खेल मंसिर २४ गते अफगानिस्तानसँग र २६ गते भारतसँग खेल्नेछ । नेपाल ग्रुप अफ डेथमा रहेको हो । 

८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । 

यो टिम भोलिको सिनियर टिम पनि भएको हुनाले यू–१९ टिमलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ