arrow

यू–१९ एसिया कप क्रिकेट आजदेखि, नेपाल पाकिस्तानसँग खेल्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
u19-asia-cup-cricket-2023.jpg

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट आजदेखि यूएईको दुबईमा शुरु हुँदैछ । एसिया कपको पहिलो खेलमा आज समूह ए अन्तर्गत नेपालले पाकिस्तानसँग खेल्दैछ । 

खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुने छ । समूह ए कै अर्को खेलमा भारत र अफगानिस्तान सोही समयमै खेल्दैछन् । 

यू–१९ एसिया कपमा नेपाल रहेको समूह ए मा भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । 

नेपाली टिम देव खनालको कप्तानीमा मैदानमा उत्रदैछ । सिनियर टिमका गुल्सन झा पनि टिममा समावेश रहेका छन् । गुल्सन एकैवर्ष यू–१९ र सिनियर टिममा खेल्ने पहिलो खेलाडीसमेत बनेका छन् । 

यसैसाल सिनियर टिमको एसिया कपमा पाकिस्तानविरुद्ध गुल्सनले खेलेका थिए । 

नेपाली टिममा देव खनाल (कप्तान), गुल्सन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद घिमिरे, हेमन्त धामी, दिपेशप्रसाद कँडेल, बिशालविक्रम केसी,  सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकास चन्द रहेका छन् । 

नेपालले दोस्रो खेल मंसिर २४ गते अफगानिस्तानसँग र २६ गते भारतसँग खेल्नेछ । नेपाल ग्रुप अफ डेथमा रहेको हो । 

८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । 

यो टिम भोलिको सिनियर टिम पनि भएको हुनाले यू–१९ टिमलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ