arrow

एनएसआरए एनिभर्सरी कप स्क्वास मंसिर २४ देखि

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
squash-2080-08-21.jpg

काठमाडौँ । नेपाल स्क्वास र्‍याकेट संघको आयोजनामा हुने एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता २०८० का लागि एक्स स्टेपले प्रायोजन गरेको छ । 

सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट संघको भवनमा एक कार्यक्रमबीच एक्स स्टेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले बिहीबार संघका महासचिव लोकेन्द्रसिंह भण्डारी तथा प्रतियोगिता निर्देशक दिलिप नरसिंह अधिकारीलाई खेल सामग्री हस्तान्तरण गरे । 

यस प्रतियोगितामा रहेका छ विधाका विजेता खेलाडीहरुलाई पुरस्कार स्वरुप एक्सस्टेपको खेल पोशाक प्रदान गरिनेछ । नेपाल स्क्वास र्‍याकेट संघ स्थापनाको ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभर्सरी कप स्क्वास हुन लागेको हो । 

यो प्रतियोगिता मंसिर २४ देखि २९ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालका राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहनेछ । प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यू–१९, गर्ल्स यू–१९, मास्टर्स ५० प्लस र प्लेट विधा खेलाइनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ