समुद्री आँधी मिचुआङले चेन्नई अस्तव्यस्त, ४० लाख प्रभावित, १७ को मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
1.4k
Shares
काठमाडौँ । भारतको चेन्नईमा आएको समुद्री आँधी मिचुआङले जनजीवन अस्तव्यस्त पारेको छ । ४० लाख बढी मानिस प्रभावित भएका छन् । अहिलेसम्म कम्तीमा १७ जनाको ज्यान गएको छ ।
मौसम विभाग आईएमडीका अनुसार मंगलबार दिउँसो १ बजे तुफानले बापटलामा नेल्लोर–मछलीपट्टनमको बीचमा पहिरोसमेत गएको थियो । सो क्रममा १०० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्नुका साथै भारी वर्षा भएको थियो ।
तुफानको असर धेरैभन्दा धेरै आन्ध्र प्रदेश र तमिलनाडुमा परेको छ । राज्यमा १०० बढी रेल तथा ५० बढी हवाई फलाइट्स रद्द भएका छन् ।
आन्ध्र प्रदेशमा करिब एक हजार जनाको उद्दार गरी सुरक्षित स्थान पुर्याइएको छ । १९४ गाृँ र दुई शहरका लगभग ४० लाख मानिस प्रत्यक्ष प्रभावित भएका हुन् । त्यस्तै २५ गाउँमा बाढी आएको छ ।
समुद्री आँधी मिचुआङमा फसे आमिर खान
बलिउड अभिनेता आमिर खान पनि पछिल्लो २४ घण्टामा यो आँधीमा फसेका छन् । उनीसँगै अभिनेता विष्णु विशाल पनि छन् ।
वास्तवमा हालै सामाजिक सञ्जालमा केही तस्बिरहरु बाहिर आएका छन् । जसमा फायर एण्ड रेस्क्यू डिपार्टमेन्टले आमिर खानलाई बचाएको र उद्दार गरेको देखिएको छ । आमिरसँगै अभिनेता विष्णु विशाल पनि आँधीमा फसेका छन् । उनीहरु दुवैलाई २४ घण्टापछि सकुशल बाहिर निकालिएको छ ।
विष्णु विशाल आफैँले आफ्नो एक्स अकाउन्टमा केही तस्बिर शेयर गरेर यो जानकारी दिएका छन् । आमिर खान र उद्दार विभागसँगका केही तस्बिरहरू शेयर गर्दै विष्णु विशालले क्याप्शनमा लेखेका छन्, ‘हामीजस्ता फसेका मानिसहरूलाई मद्दत गरेकोमा अग्नि तथा उद्धार विभागलाई धन्यवाद र निरन्तर काम गर्ने सबै प्रशासनिक व्यक्तिहरूलाई पनि धन्यवाद।’ तस्बिरमा आमिर र विष्णु डुंगामा बसेका देखिएका छन् ।
आमिर खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेता अन्तिम पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए।
फिल्ममा उनको साथमा करिना कपुर देखिएकी थिइन् । तर फिल्मले बक्स अफिसमा निकै खराब हालतमा थियो । त्यसपछि अभिनेताले केही समयको लागि अभिनयबाट ब्रेक लिए ।