एनसेल अनियमितता प्रकरणको छानबिन गर्न समिति बन्ने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
680
Shares
काठमाडौँ । एनसेलको शेयर खरिदबिक्रीमा अनियमितता पाइएपछि सरकारले छानबिन समिति गठन गर्ने भएको छ ।
मंगलबार सत्ता गठबन्धन दलको बैठकले एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले शेयर खरिदबिक्रीको सत्य तथ्य पत्ता लगाउन आगामी मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने जानकारी दिइन् ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले एनसेल प्रकरणमा सरकारले छानबिन गर्ने निर्णय गरिसकेको बताए । हेर्नुस् भिडियो