arrow

जलवायु परिवर्तनको प्रभाव आजको प्रमुख चुनौती : राष्ट्रपति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
ramchandra-climate.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती रहेको बताएका छन् । 

मंगलवार ललितपुरमा इसिमोड स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहमा नव निर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताए । 

उनले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको जिकिर गरे । 

उनले नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्य सरह योगदान गरे पनि जलवायु परिवर्तनको प्रभाव अत्यधिक रहेको बताए । 

उनले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू रहेको बताए । 

उनले अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले सङ्कटमा रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ