arrow

अर्थमन्त्री महत भन्छन् –एनसेल किनबेचको आधिकारिक जानकारी सरकारलाई छैन

logo
सञ्जय भट्टराई, 
प्रकाशित २०८० मंसिर १९ मंगलबार
prakashsharan-mahat-2080-08.jpg

कावासोती । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलको शेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका छन् ।

मंगलबार नवलपुरको कावासोतीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीको जिज्ञासामा उनले एनसेलको शेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका हुन् । 

‘हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय नेपाल टेलिकम हो, यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ’, उनले भने, ‘ ूटेलिकमबाट आधिकारिक जानकारी आएपछि कानूनी व्यवस्थाको आधारमा यसको गहिराइमा गएर विश्लेषण गरेर सरकार निष्कर्षमा पुग्छ ।’

फरक प्रसंगमा बोल्दै अर्थमन्त्री महतले नारायणघाट बुटवल सडक समयमै सम्पन्न हुन नसक्नुमा ठेकेदार दोषी रहेको बताए । 

उनले सरकारले सडकका लागि  आवश्यक बजेट व्यवस्था गरेको भए पनि निर्माण कम्पनी यसमा गम्भीर नभएको बताए । सरकारले सडकको दातृ निकाय, सडक विभाग, र निर्माण कम्पनी सँग समन्वय गरिरहेको बताउदै थप गरिएको समयमा काम सम्पन्न सरकार प्राविधिक सहयोगको लागि तयार रहेको बताए ।

अर्थमन्त्री महतले नवलपुरमा बन्न लागेको नमूना सदरमुकामको योजनालाई बहुवर्षीय योजनामा लैजाने बताए । चालू वर्ष २० करोड बजेट विनियोजन भएको यसले आवश्यक भवनहरु बनाउन शहरी विकास मन्त्रालय भनेको र काम शुरु भएपछि मास्टर पलान अनुसार सदरमुकाम निर्माण गर्न आयोजनालाई बहुवर्षीय योजनामा रुपान्तरण गर्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ