arrow

भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई ५० हजार दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
corruption-cartoon.jpeg

काठमाडौँ । भ्रष्टाचारविरुद्ध कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५ रुपैयाँ धनराशिको पुरस्कार प्रदान गरिने भएको छ । 

नेपाल पत्रकार महासङ्घ झापा शाखामा सो राशीको पुरस्कार स्थापना गर्न लागिएको हो । 

भ्रष्टाचारकै कारण देश विकसित हुन नसकेको अवस्थालाई मध्यनजर गरी अक्षयकोषसहित पुरस्कार स्थापनाबारे हेम-सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासङ्घ झापा शाखाबीच आइतबार काठमाडौँस्थित पत्रकार महासङ्घमा सम्झौता भएको हो । 

पुरस्कार झापाका एक जना भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारले पाउनेछन् । सम्झौताअनुसार पाँच लाख रुपैयाँको अक्षयकोष राखिनेछ । 

सम्झौतामा फाउन्डेसनको तर्फबाट अध्यक्ष हेम पाठक र पत्रकार महासङ्घका तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ