arrow

राष्ट्रिय वाणिज्य बैंक ऋण घोटालाका दोषी मंगतुराम समूहलाई एक वर्ष जेल सजाय 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
supreme-court-सर्वोच्च अदालत.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकमा कर्जा प्रवाह गर्दा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने विशेष अदालतको फैसलालाई सदर गरेको छ। सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो । 

सर्वोच्चले विराटनगरका व्यवसायी मंगतुराम समूहका चार दाजुभाइ र वाणिज्य बैंकका छ कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गर्दै दायर गरेको भ्रष्टाचार मुद्दामा विराटनगरका व्यवसायी मंगतुराम अग्रवाल र उनका छोराहरु सुबोधकुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवाललाई दोषी ठहर गर्दै अदालतमा मुद्धा दायर गरेको थियो ।

गलत ढंगले मंगतुराम समूहलाई कर्जा प्रवाह गरेको आरोपमा वाणिज्य बैंकको विराटनगरस्थित रानी शाखाका ६ जना कर्मचारीहरु पनि दोषी ठहर भएका छन्। बैंकको रानी शाखाका प्रबन्धकहरु राधाप्रसाद साह र शिवचरण मण्डल, सहायक प्रवन्धक चन्द्रलाल अमात्य, लेखाअधिकृत भैरवप्रसाद पोखरेललाई विशेष अदालतले ६–६ महिनाको कैद सजाय सुनाएको थियो । 

बैंकका सहलेखा अधिकृत वीरेन्द्रलाल छोटे र कामु सहलेखा अधिकृत श्यामकुमार श्रेष्ठलाई विशेष अदालतले सफाइ दिएको थियो ।

 बैंकको रानी शाखाबाट कर्जा लिन मंगतुरामले नक्कली र झुटो कागजातका आधारमा ऋण लिएको निष्कर्षसहित २०६२ साल जेठ १९ गते अख्तियारले भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो।

 बैंकिङ कानून तथा नीति नियम विपरीत ऋण प्रवाह भएको भन्दै अख्तियारले १ अर्ब ३७ करोड रुपैयाँ विगो मागदाबी गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ