arrow

भूकम्प पीडितलाई राष्ट्रिय वाणिज्य बैंकबाट एक करोड सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
rastriya-banijya-bank-pm-relief-fund.jpg

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई मंगलबार एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा बैंकको तर्फबाट एक करोड रुपैयाँ ट्रान्सफर गरेको हो ।

भूकम्पका कारण मृत्यु भएका नागरिकहरुप्रति बैंकले हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । बैंकले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ