arrow

हावाको गुणस्तर सुधार भएपछि दिल्लीमा प्रतिबन्ध हटाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
pollution-delhi20211.JPG

काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण कम भएको छ । 

बुधवार हल्का वर्षा र हावाको गति बढेका कारण वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएसँगै प्रतिवन्ध हटाइएको छ । 

एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३६५ बाट २५८ मा झरेको छ । 

अधिकारीहरूले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) अन्तर्गत अब दिल्ली र गुरुग्राम, फरीदाबादको वरपरका क्षेत्रहरूमा विशेष प्रकारका सवारी साधनहरूमा प्रतिवन्ध लगाइएकोमा अब छुट दिइएको बताए । 

सरकारले नोभेम्बर २ मा शुरु गरेको यसअघिका कार्यहरूमा निर्माण र खानी जस्ता विभिन्न प्रदुषण निम्त्याउने गतिविधिहरू रोकिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ