arrow

युद्ध विरामको पाँचौँ दिनमा ३० प्यालेस्टिनी बन्दी रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
israel-palestine-conflict-g.jpg

काठमाडौँ । इजरेलले युद्ध विरामको पाँचौँ दिनमा ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । 

मङ्गलवार साँझ ३० प्यालेस्टाइनी कैदीहरू बोकेको बस पश्चिम बैंकको रामल्लाह शहर नजिकै रहेको इजरेली ओफर जेलबाट प्रस्थान गरेको हो । 

इजरेल जेल सेवाले इजरेल र हमास बीचको युद्ध विराम सम्झौता अन्तर्गत पाँचौँ चरणमा १५ महिला र १५ नाबालिगहरूसहित ३० प्यालेस्टिनीहरूलाई इजरेली जेलबाट रिहा गरिएको थियो । 

यसअघि मङ्गलवार हमासको सैन्य शाखा अल–कसाम ब्रिगेडले बन्धकहरूको पाँचौँ समूह अन्तर्राष्ट्रिय रेडक्रसलाई हस्तान्तरण गरेको थियो । 

इजरेली सरकारले पनि गाजा पट्टीबाट रिहा गरिएका १० इजरेली र दुई थाई नागरिकसहित १२ जना बन्धकहरू प्राप्त गरेको पुष्टि गरेको छ । 

मंगलवार बिहान सकिँदै गरेको इजरेल र हमासबीचको मानवीय चार दिने युद्ध विराम थप दुई दिनका लागि थपिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ