arrow

हेटौँडा कप एसियाली बुद्धिचाल शुरू, नेपाल च्याम्पियन पराजित, पूर्व च्याम्पियन बराबरीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
chess-2080-08-13.jpg

हेटौँडा । हेटौँडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघको विशेष प्रस्तुतिमा नेपाल खेलकुद महासंघ, हेटौँडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा प्रतियोगिता शुरु भएको हो । 

प्रतियोगिताको उद्घाटनमा प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामा, प्याब्सन, बागमतीका अध्यक्ष केशवलाल श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेस खड्गीले सफलताको शुभकामना दिए । 

प्रमुख अतिथी भण्डारीले बागमती प्रदेश स्तरमै चेसलाई पाठ्यक्रममा राख्न आफू लागिपरेको जानकारी दिए । नेपाल खेलकुद महासंघ मकवानपुर जिल्ला अध्यक्ष सविन मोक्तानले स्वागत मन्तव्य राखेका थिए । 

पहिलो राउन्डमा भारतीय खेलाडी सुबयण कुण्डु, बंगलादेशी आइएम अबु सुफियन सकील, आइएम महमद मिजाउँदिन, एफएम शेख नाजिर, एफएम देवराज चटर्जी, एफएम महमद सरिफ हुसैन, एफएम नाएम हक, भारतीय एफएम अर्विन्देर प्रीत सिंह, राहुल गुरुङ, श्रीलंकन खेलाडी डब्लुआइएम सचिनी राणाशिंघे नेपाली युवा खेलाडी पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाललगायत सबै शीर्ष खेलाडीहरूले सुखद शुरुआत गरेका छन् । 

पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई भारतीय खेलाडी पियुस कुमारसँग बराबरीमा रोकिए भने नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल भारतीय खेलाडी १४३३ रेटिङ भएका पंकज बोर्सेसँग पराजित भए।

कार्यक्रममा हेटौँडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र खड्गी, प्रदेश खेलकुद विकास परिषदका सदस्य तथा पूर्व मकवानपुर जिल्ला बुद्धिचाल संघको अध्यक्ष माधव तिमल्सिना, नेपाल बुद्धिचाल महासंघको उप महासचिव मोनालिसा खम्बू र समाजसेवी व्यवसायी सर्मेन्द्र पौडेलको उपस्थिति थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ