arrow

निर्वाचन आयोगका कर्मचारीले एकदेखि सात दिनको तलब भूकम्प पीडितलाई दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
election-commission-hq-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले जाजरकोट भूकम्प पीडितलाई सात दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । 

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक तथा आयोग एवम् आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरूमध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिव र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।  

प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्ति–
२०८०–०८–१३
आयोगको मिति २०८०–०८–१३ गतेको निर्णय बमोजिम संवत् २०८० साल कार्तिक १७ गते शुक्रबार जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरू प्रति आयोगको तर्पmबाट श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तत्काल राहतको लागि नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट दिन सात ९७० को पारिश्रमिक तथा आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिव र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।  
शालिग्राम शर्मा पौडेल
सहसचिव एवम् प्रवक्ता

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ