arrow

आजियाटा एनसेलको सबै शेयर बेचेर बाहिरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
ncell-logo-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मलेसियाको आजियाटा कम्पनीले एनसेलको सबै शेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको  छ । एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको आजियाटाले आफ्नो सबै शेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको हो । 

सञ्चालक समितिको बैठकले एनसेलको सबै शेयर बिक्रीमा राख्ने र बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताए । 

सात वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको आजियाटाले एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि नेपाल छाड्न लागेको अनुमान गरिएको छ । 

सात वर्षअघिदेखिको एनसेल करको विवाद कायम रहेका बेला आजियाटाले नेपाल छाड्न लागेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ