arrow

सुरुङमा फसेको १७ दिनमा निकालिए मजदूरहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
rescue-tunnel-trap-workers.jpg

काठमाडौँ । भारतको उत्तराखण्डको सिल्क्यारा–डंडालगाँव सुरुङमा १७ दिनदेखि फसेका मजदूरको सकुशल उद्धार भएको छ । 

गत १२ नोभेम्बरदेखि सुरुङ थुनिएर फसेका ४१ मजदूरलाई मंगलबार राति बाहिर निकालिएको हो । शुरुआतमा ३५ जनालाई बाहिर निकालिएको हो । उनीहरुलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ । 

उद्धार टोलीका सदस्य हरपाल सिंहले स्थानीय समयअनुसार ७ः०५ बजे मजदूर नजिक पुगेको ब्रेक थ्रु पाएका थिए । त्यसको ४५ मिनेटपछि उनीहरुलाई बाहिर निकालिएको हो । 

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बाहिर निकालिएका मजदूरसँग कुराकानी गरेका थिए । 

मजदूरहरु सुरुङमा फसेदेखि निरन्तर उनीहरुलाई बाहिर निकाल्ने प्रयास हुँदै आएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ