arrow

गाजामा जारी युद्ध विराम दुई दिन थपियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
israel-gaza-2080-07-19.jpg

काठमाडौँ । इजरेल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा सुरु भएको चार दिने युद्धविरामको समयावधि सकिनै लाग्दा इजरेल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले सोमबार जनाएको छ । 

इजरेल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मङ्गलबार सकिँदै थियो । 

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्स (ट्वीटर) मा भनेका छन्, “जारी मध्यस्थताको एक भागको रूपमा, गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको छ ।”

यसैबीच, युद्धविरामको एक पक्ष हमासले केही थप शर्तसहित युद्धविराम बिस्तार हुने सूचनालाई पुष्टि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ