arrow

चार महिनामा चितवनमा सवारी दुर्घटनाबाट २३ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
accident-final-1618290232.jpg

चितवन । जिल्लामा पछिल्लो चार महिनामा सवारी दुर्घटनामा परी २३ जनाको ज्यान गएको छ । 

चालु आर्थिक वर्षको चार महिनामा जिल्लामा भएका ८८ दुर्घटनामा उनीहरुले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

मृत्यु हुनेमा २१ जना पुरुष, दुई जना महिला छन् । 

कार्यालय प्रमुख  प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार दुर्घटनामा परी दुई सय २९ जना घाइते भएका छन् ।

जसमध्ये ४७ जना गम्भीर घाइते भएका छन् भने एक सय ८२ जना सामान्य घाइते भएका छन् । 

जिल्लामा भएका सवारी दुर्घटनामा एक सय ३७ वटा सवारीसाधन परेका छन् ।

सुवेदीका अनुसार जिल्लामा भएका पूर्व-पश्चिम लोकमार्गमा २१ वटा दुर्घटना भएका छन् । 

यस्तै नारायणगढ मुग्लिन सडक खण्डमा १३ वटा, पृथ्वी राजमार्गमा तीन वटा, सहरी सडक खण्डमा ६ वटा र भित्रि सडकमा ४५ वटा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गर्दै आइरहेको सुवेदीले बताए । 

उनका अनुसार कार्यालयले जनचेतनामूलक कार्यक्रम र प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आइएको छ ।

उनले भने, “मुख्य राजमार्गमा जनचेतनामूलक होडिङ् बोर्ड राख्ने काम सुरु गरिएको छ ।” 

दुर्घटना न्यूनीकरणका लागि आकस्मिक चेकजाँचलाई समेत तीव्र बनाइएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ