arrow

बन्धकको तेस्रो समूह हमासद्वारा हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
hamas-freed-hostages-2080-0.jpg

काठमाडौँ । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरेली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको हमासको गाजास्थित अल–कासम ब्रिगेड्सले जनाएको छ । 

यसपहिले इजरेली डिफेन्स फोर्सेज (आइडीएफ) ले आफ्नो एक्स (ट्वीटर) अकाउन्टमार्फत दिएको जानकारीमा बन्धकको दोस्रो समूहका १७ जनालाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको थियो । 

आइडीएफले लेखेको छ, “१३ जना इजरेली र चार जना थाईसहित १७ जना बन्धकहरू इजिप्ट हुँदै इजरेलतर्फ लागेका छन् । 

यसपहिले इजरेलले अस्थायी युद्धविरामको तेस्रो दिन आफ्ना देशका थप १३ बन्धकहरू रिहा हुने तयारी भइरहेको जनाएको थियो । 

आइतवार मुक्त गर्ने भनिएका बन्धकहरूको तेस्रो समूहको सूची समेत इजरेलले शनिवार राती नै प्राप्त गरेको जनाएको थियो ।

अस्थायी युद्धबिरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सातजना विदेशी नागरिक समेत १३ जना रिहा हुने बताएको थियो ।

यसअघि दोस्रो चरणमा शनिवार ढिलो गरी हमास नियन्त्रणमा रहेका थप १३ जना इजरेली र चार जना थाई बन्धकहरू रिहा गरिएका थिए । 

इजरेलले समेत थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएको छ । 

कतारले मध्यस्थता गरेको इजरेल–हमासबीचको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरेली बन्धकहरूको तेबर सङ्ख्यामा इजरेलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ ।

युद्धविराम बिहानदेखि लागू भएपछि शुक्रबार १३ जना महिला र बालबालिका बन्धकहरूको पहिलो समूह इजिप्ट हुँदै इजरेलतर्फ फर्किएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ